इटहरी/ सडक , गल्ली गाउँ बस्तीमा विकासको नारा लगाउदै र धरानको समस्या समाधन गर्ने नारा लगाउँदै डिडेका हर्कराज साम्पाङ मेयर बनेका छन् । टेलिचलचित्रको कथा जस्तै तरिकाले मेयर बने ।
स्वतन्त्र उम्मेदवारमा उनि निर्वाचनमा लडेका उनको कार्यक्रममा खासै मानिस पुगेनन् ।न त घरदैलो र उम्मेदवारी मै देखिए, तर पनि उनलाई धराने जनताले सुटुक्क भोट दिएर जिताए ।
धरानको विकासको लागी धेरै अगाडि देखि विभिन्न आवाज उठाउँदै आएका थिए । उनले विशेश गरेर भष्टचार , खानेपानी र स्वास्थ्य क्षेत्रको वेतिथिलाई बढि केन्द्रमा राखेर आवाज उठाउँदै आएका थिए । उनले वेतिथिलाई सामाजिक सञ्जाल मार्फत पनि आक्रोश पोख्ने गदर्थे ।
धरानका खोलाहरुमा हुने अवैध उत्खननलाई पनि उनले ज्यानै मायामारेर उठाए । उनले धरानका स—साना समस्यालाई सामाजिक सञ्जालमा र धरानका जनताको घर घरमै पुगेर बुझाउने गर्दथे ।अभियानकै क्रममा उनि हिरासत सम्म पुगे र कहिले उनले रगताम्मे हुनेगरी कुटाइ खाए । तर पनि उने प्रतिष्ठान देखि प्रकृतिक दोहनसम्म देखिएका विकृति विसंगतिलाई उठाईरहे । र उनको यहि अटेरीपन धराने जनतालाई विस्तारै प्यारो लाग्न थाल्यो र आज उनलाई मेयरजस्तो गरिमय पदमा निर्वाचित गराए । र अब उनले धरानबासीको समस्यालाई कसरी समाधान गर्ने छन् त्यो भने हेर्न बाँकि छ ।