चितवन/ भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेणु दाहाल र उपमेयरमा कांग्रसका चित्रसेन अधिकारी विजयी हुनु भएको छ ।

सुवेदिलाई १२००० मतले पछि पार्दै दाहाल विजयी हुनुभएको हो । नेकपा माओवादी तर्फकि उम्मेदवार रेणु दाहालले ५२०३० मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९५८१ म्त मात्र प्राप्त गनुभयो ।

दाहाल भरतपुर महानगरको निर्वतमान मेयरसमेत हुन् । २०७४ मा भएको निर्वाचनमा उनले देवि ज्ञावलीलाई २०३ मतले हराएकि थिइन ।

दोस्रो पटकमा भने रेणु १२००० भन्दा बढि मतले जित्न सफल भइन् । रेणुका बागि उम्मेदवार जगनाथ पौडेलले १४७२८ मत मात्र ल्याए । 

यस्तै उपमेयरमा भने गठबन्धन तर्फकै नेपालि कांग्रसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

अधिकारीले २२४०० मतको फराकिलो अन्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका हुन् । अधिकारीले ५२८०३ मत ल्याउदा गुरुङले ३०६१२ मत मात्र ल्याइन् ।