इटहरी/धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ विजयी भएसगँै खुसियालिमा विजय जुलुस निकालिएको छ । उनि स्वतन्त्र तर्फबाट निर्वाचनमा हुमिएका थिए र उनको चुनाव चिन्ह भने लौरो थियो र आज उनको जितसगै धराने जनताको पनि जित भएको स्थानिय वासिन्दा सुभचिच्तकले बताए ।  उनी यस भन्दा अगाडि पनि उप निर्वाचनमा हुमिएका थिए । र त्यस चुनावमा भने उनले विजयी हासिल गन भने सकेनन् ।यसपालि भने उनलाई धराने जनताले साथ दिएसगैँ भोट पनि उनै साम्पाङलाई दिएर जिताए । उनले उपनिर्वाचन हारेर पनि उनि निरास भएनन् र उनलाई विश्वास थियो मलाई एकदिन यहाँका जनताले भोट दिएर जिताउछन् भन्ने आत्माविश्वास थियो । र आज उनलाई त्यहाका जनताले जिताएरै छाडे । उनि अहिले जनताको सामु हिरो भएर निस्कीए उनी भोट माग्न अरु राजनितिक दलको जसरी अगाडी पछाडि कार्यकर्ता बोकेर हिडेनन् । उनि एक्ले भोट माग्न हिडे कतिपए वडामा भने पुग्न समेत भ्याएनन् । साम्पाङले धरानको मेन समस्या भनेको खानेपानीको समाधान गर्ने उनको प्रतिबद्धदता छ । र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा भइरहेको वेतिथिलाई पनि जोडतोडका साथ उठाउने बताए , जनताका साना भन्दा साना समस्याको समाधान गर्ने बताए । र आज उनको विजय जुलुस निकालिएको छ । उनले नचाहादा नचाहदै पनि उनका सुभचिन्तक र धराने बासीले जुलुस निकालेका छन् । जुलुसमा हजारौँ जनताको सहभगी थियो । धरानका विभिन्न स्थानमा लगिएको थियो । र धरानका भानु चोक , छाता चोक , लक्ष्मी चोक हुदै नगर परिक्रमा समेत गरियो । रियालिमा हजारौ मानिसको सहभागी सगैँ विभिन्न मोटरसाइकल, अटो लगाएतका सयौ गाडि थियो र प्रहरीलाइ भिड सम्हाल्न हम्मे हम्मे भएको थियो । धरानमा स्वतन्त्र उम्मेदवारले जिते सगैँ मुख्य राजनितिक दल भित्र खैलाबैला भएको छ । Capture 54

281154961_1211712762901505_5572253553711311693_n