झापा / १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधाराबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिका–६ पूर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक–पटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


