इटहरी उपमहानगरपालिकाको बितेको पाँच वर्ष सम्मको समिक्षा गर्दा विकास निमार्णमा कति काम सम्पन्न भयो । कति हुदै छन् । र कति काम सम्पन्न भएका छैनन् त । वितेको पाँच वर्षमा यहाको स्थानिय सरकारले कति सकरात्मक काम गर्यो त भन्ने विषयमा अध्ययन गर्दा । यहाँ स्थानिय सरकार आए देखि विभिन्न विकासको कामले फड्को मारेको छ । भने कुनै ठाउँमा काम भइरहेका छन् । कतै हुने क्रममा छन् । इटहरी सहरको मुख्य समस्या भनेको नै सडक , ढल व्यवस्थापन गर्नु हो । अधिकांस काम पुरा भइसकेका छन् । यहाँ वर्खाको वेलामा पुरै सहर डुवानमा पर्थियो र फोहोर नउठ्ने अहिले भने धेरै मात्रमा यसको समाधान भएको छ । स्थनिय सरकार आएदेखि सडकमा भने धरै सुधार भएका छन् । नगर भित्र रहेका २० वटै वडा कार्यलय सम्म जोड्ने कालोपत्रे गरिएको छ र सडको काम सम्पन्न भएको छ । त्यसै गरी नगरसगँ सिमना जोडिएका ३ वटै नगरपालिकासम्मको पक्की सडक संजाल जोडिएको छ । जम्म २६५ कि. मि. पक्की सडक र६०० कि. मि. स्तरोन्नति , ५०० कि. मि. ड्रेन प्रोटेक्सन बाल निर्माण र ६ वटा ठुला मोटर पक्की पुल सम्पन्न र ३ वटा निमार्णधिन अवस्थामा छन् । र स्थानिय सरकार आए देखि शिक्षा क्षेत्रमा पनि निक्कै सुधार भएको छ । र सडक क्षेत्रमा यति काम हुदा पनि जनताको भावना अनुसार काम नभएको आरोप लागेको छ ।
शिक्षा क्षेत्रमा पनि सुधार चै नभएको होइन यसमा यहाँका विभिन्न विद्यालयमा भौतिक पुर्वाधार अगाडि बढेको छ । विभिन्न स्कुलमा सुविधा सम्पन्न पुस्तकालय , कम्प्युटर ल्याव, सि.सी टि.भी र सुविधा सम्पन्न भवन पनि बनेका छन् । भने विद्यालयमा शिक्षकले पढाएका छन् कि छैनन् भन्ने विषयमा नगर शिक्षा साखाबाट प्रत्यक्ष रुपमा अनुगमन समेत गर्ने व्यवस्था मिलाएको छ । र १ देखि ५ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था समेत स्थानिय सरकारले गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृदिको व्यवस्था समेत मिलाएको छ । यस्तै धेरैजसो विद्यालयमा अंग्रेजी र नेपाली माध्यम गरी छुट्टछुटै पढाइ हुने व्यवस्था समेत मिलाएको छ । इटहरीका २ विद्यालयमा सुविधा सम्पन्न छात्रावास भवनको शिलन्यानास गरेर भवन बनाउन सुरु भइसकेको छ ।यसै कारणले गर्दा सरकारी विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेको छ ।
र स्वास्थ्य क्षेत्रमा पनि विस्तारै सुधार आएको छ । इटहरी उपमहानगरपालिका भित्र जम्मा २० वटा वाड रहेका छन् । जसमा सबै वडामा प्राथमिक स्वास्थ्य चौकिका भवन बन्दै छन् भने कुनैमा बनिसकेर सेवा समेत दिन थालिसकेका छन् । यसरी वडामै सामन्य सेवा दिदा जनताले थोरै भएपनि राहात पाएका छन् । भने इटहरी अस्पताललाई अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउने क्रम जारी छ । र यहाँ बाट नै विभिन्न सेवा प्रदान गर्दै आएको छ र यहाँ नहुने सेवाको मात्रै रेफर गर्ने गरेको छ । र यहाँ अहिले १५ सैयाको सुविधा सम्पन्न भवन बन्दै छ र भवन बन्ने अन्तीम चरणमा पुगेकोे छ ।
इटहरी पर्यटकिय सम्भावना बोकेको एउटा सहर पनि हो । यहाँका विभिन्न पर्यटकिय क्षेत्रलाई विकास गर्न सके आन्तरीक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ । इटहरीका तालतलैयालाई व्यवस्थित बनाउन सके त्यहाँबाट मनग्य आम्दानि कमाउन सकिन्छ । पहिले हेरी अहिले धेरै सुधार समेत भएको छ र अहिले विभिन्न पार्क खेल मैदान विभिन्न प्रकारका जनवरहरु आदी रहेका छन्। त्ययी पनि सरोकारवला निकाएको ध्यान जान सकेको छैन र यसले गर्दा जनताको भावना अनुसारको काम गर्न नसकेको आरोप समेत खेपिरहेका छन् ।
यहाँ अहिले पनि खानेपानीका समस्या धेरै छन् । पुरै सहर भरी पनि खानेपानी प्रयाप्त मात्रमा पुग्न सकेको छैन यहाँ विभिन्न मानिस खानेपानीबाट बञ्चीत भएका छन् । र सुकुमबासीको समस्या पनि जिहुका तिहु छन् । सुकुमबासीको समस्या समाधान गर्छौ भनेर जनप्रतिनिधि आए तर समस्या जहाँका तेहि छन् । यस कारणले गर्दा पनि जनताको सामु जनप्रतिनिधि गिरीन पुगे र जनताको भावना अनुसारको काम गर्न नसकेको आरोप खेपेर बिदा भए ।


