सरकारले एक हप्ताकै बीचमा सार्वजनिक यातायातको भाडा पनः वृद्धि गरेको छ । यातायात विभागले मंगलबार एक सुचना निकाल्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक र मालबाहक सवारी साधनको भाडादर बढेको जानकारी गराएको छ । गत जेठ ४ गते मात्रै विभागले भाडा बढाएको थियो ।
नेपाल आयल निगमले इन्धनको मुल्य एकै पटक १० रुपैयाँ बढाए पछि सरकारले गाडी भाडा बढाएको हो इन्धनको मुुल्य थपघटका कारणले एकै पटक ५ प्रतिसतले बढे वा घटेमा भाडा समायोजन गर्ने निति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा जेठ ११ बाट लागु हुनेछ ।
विभागका अनुसार यात्रु बाहक सवारीको हकमा २.१ प्रतिशत भाडा बढेको छ । पहाडी रुढमा चल्ने मालबाहक सवारीको हकमा २.७ प्रतिशत र तराईमा चल्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा बढेको विभागले जनाएको छ ।
गत जेठ ४ मा यात्रुबाहक सवारीको हकमा ३.५ प्रतिशत भाडा बढेको थियो । पहाडी रुढमा चल्ने मालबाहक सवारीको हकमा ४.६ प्रतिशतले र तराई रुढमा चल्ने मालबाहक सवारी साधनमा ५.१ प्रतिशत मुल्य बढेको थियो ।
अब प्रदेशहरुले पनि यसैका आधारमा छोटो दुरीको सवारी भाडा बढाउनेछन् ।


