इटहरी/ पाथिभरा जब लिंक टाईटल स्पोन्सर रहेको ‘लिटिल मिस्टर एण्ड मिस इटहरी-२०७९’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । फिनालेबाट लिटिल मिस्टर तर्फ रिहान दाहाल र लिटिल मिस तर्फ कि नम्रता श्रेष्ठले उपाधी हासिल गर्न सफल भएकी छिन् । शनिवार इटहरीमा अवस्थित प्रिमियर हाेटल स्कुलकाे हलमा सम्पन्न उक्त शो इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको थियाे । बिजेता दाहाल जनता मा. वि. र श्रेष्ठ कन्चनजंघा मन्टेस्वरीमा अध्ययनरत हुन् । साना साना बालबालिकाभित्र रहेको प्रतिभा देखाउने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाका संचालक तुलसी घिमिरेले बताउनुभयाे ।
कार्यक्रममा एनजिओसीसी सुनसरीका पुष्प भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सम्पूर्ण कोरियोग्राफीको काम इश्वरी सिग्देलले गरेका हुन् । ग्राण्ड फिनालेबाट फर्स्ट रनरअप ब्लुमिङ किन्डरगार्डेन मन्टेश्वरीका अर्चित भट्टराई र रीयाना ओझा घोषित भए भने ममता किन्डरगार्डेन मन्टेश्वरी स्कुलकका दृश्य बराल र कन्चनजंघाकी बिमिशा रेग्मी सेकेण्ड रनरअप बन्न सफल भए । कार्यक्रममा लेखक तथा साहित्यकार सोभित घिमिरे विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको चिफ जज रोशन श्रेष्ठ थिए भने अन्य जजहरुमा मनिता तामाङ र माधव केसी रहेका थिए ।


