काठमाडौँ/ काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शााह विजयी भएका छन् ।शाहले निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका शाहले  २३४२६ मतान्तरले विजयी भएका हुन् ।

निर्वाचन आयोगको अन्तीम मतपरिणाम अनुसार शाहले ६१७६७ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८११७ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै गठबन्धन तर्फकि नेपालि कांग्रेसकि उम्मेदवार सिर्जना सिहंले ३८३४१ म्त मात्र प्राप्त गरेकी छिन् ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन् । डंगोलले ६८६१२ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्द्धी गठबन्धन तर्फबाट नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३८०६ मत मात्र प्राप्त गरेका छन् ।