इटहरी/ पर्वको बराहक्षेत्रमा धुमधामका साथ साकेला पर्व मनाइयो किरात राईहरुले प्रमुख चाडको रुपमा मान्ने साकेला पर्व हो । किरात राईका पुर्खाहरुको भनाइ अनुसार यो पर्व बालि लगाउने समयमा वर्षा प्रशस्त होस् , दैवीप्रकोप नपरोस् , आफ्नो समुदायमा रोगव्याधि नलागोस् सुखशान्ति छाओस भनेर साकेला पर्व मनाइन्छ । एक महिना सम्म मनाइने साकेला पर्व सुुनसरीको बराहक्षेत्रमा बुधबार धुमधामका साथ मनाइयो । किरातिहरुको धनावति रहेका स्थानमा विशेष महत्वका साथ यो पर्व पुर्वमा मनाइन्छ । किरात राई यायोक्खा प्रारम्भिक कार्य सिमित बराहक्षेत्रको आयोजनामा सुरु भएको साकेला पुर्वले जातिय, तथा सांकृतिक सद्भाव आपसि मेलमिलाप कायम गर्र्दै द्धन्द्धलाई निरुत्साहित पनि गर्ने सहभागिले बताएका छन् । सोकेला पर्व आफ्ना पृतिप्रति श्रद्धाञ्जलि व्यक्त गर्न एवम् उनीहरुको सामाजिक क्षेत्रको कार्य योगदानप्रतिको सम्मान र सम्झनाका लागि गरिन्छ ।
साकेला पर्वमा ढोलझ्याम्टा बजाएर सृष्टिका गित गाउँदै नाचिन्छ । किरात समुदायमा प्रचलित भनाइ अनुसार किरात राईहरुको सृष्टिकर्ता पारुहाङ् र सुम्निमालाई खुसी एवम् प्रसन्न बनाउन सर्वप्रथम साकेला नाच नाचिएको थियो । भन्ने किराती बुढापाकाको भनाइ छ ।साकेला पर्व अन्नबालि छर्ने बेलामा अथात् वैशाख पुिणमा र उठाउने बेला मङ्सिर पुणिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ ।साकेला चाड किरातिहरुको घनाबस्ती रहेको पुर्वको धनकुटा , धरान ,तरहरा , मोरङको पथरी , लेटाङ, झापा , इलाम , पाँचथर , ताप्लेजुङ , सोलुखुम्बु , आखलढुंगा र भोजपुर लगाएतका स्थानमा विशेष महत्वका साथ मनाइन्छ ।
साकेला पर्वमा किरात राई , लिम्बु , याक्खा र सुनुवार समुदायले मुख्य पर्व मान्ने गरेका छन् । यो पर्वको महत्व बुझाउन यस वर्ष विशेष गरि बालबालिका र युवायुवतिलाई प्रोत्साहन गरेर सहभागी गराईएको किरात राई यायौक्खा उदयपुर बेलकाका अध्यक्ष भन्दर राईले बताउनुभयो ।
नेपालमा साकेला पर्वको इतिहासिक महत्व छ । तर पछिलो समय यसको महत्व घट्दै गएको पाइन्छ । जसले गर्दा नयाँ पुुस्तालाई सन्देश दिनका निम्ति पनि साकेला पर्व मनाउन आवश्यक छ ।


