इटहरी/ महिला सञ्जाल इटहरीमा ६ औँ वार्षिक साधरण सभा एक कार्यक्रम गरि सम्पन्न भयो । महिला हक अधिकारका क्षेत्रमा काम गर्ने उदेश्यले २०७३ सालमा स्थापना गरिएको महिला सञ्जाल इटहरीमा ६ औँ वार्षिक साधरण सभा ओपचारीक रुपमा कार्यक्रमको आयोजना गरिएको थियो ।
महिला सञ्जालकि अध्यक्ष कमला खड्काको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकि उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिव योसा गुरगाइले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकि थिइन ।
साथै इटहरी उपमहानगररपालिका तर्फबाट हक हित र अधिकारमा पनि आफुले सकेको सहयोग गर्ने इटहरी उपमहानगरपालिकाकि उप प्रमुख संगिता चौधरीले बताएकि छिन् ।
सचिव गुरगाइले प्रस्तुत गरिएको प्रतिवेदमा पिडित महिलाहरुलाई उद्धार तथा न्यायलयमा ज्ञान प्रेरित गरिएको , मेलमिलाप तालिम सञ्चालन गरेको घरेलु हिंसामा परेका महिलाहरुलाई न्यायको पहुच सम्म पुर्याउदै आएको उल्लेख गरिएको छ । कार्यक्रममा संञ्जालकि सस्थापक अध्यक्ष लक्ष्मी गौतम निर्वमान अध्यक्ष विमला ढकाल ,सस्थाकि उपाध्यक्ष सुभद्रा प्याकुरेल लगाएतले सञ्जालको विषयमा बोलेका थिए ।


