काठमाडौं । अखिल नेपाल किसान महासंघले आन्दोलनको घोषणा गरेको छ । किसानले मल
नपाएको, कृषि क्षेत्रमा कालोबजारी र सरकार मौन बसेको भन्दै आन्दोलन को घोपणा गरेको हो ।
सो संघका अध्यक्ष डा. प्रेम दंगालले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा
गरेको जानकारी दिए ।
उनले यतिवेला मुलुकको अर्थतन्त्र संकटको अवस्थामा पुगेको, अर्थतन्त्रका सबैजसो सूचकहरुनकारात्मक देखिन थालेको, दैनिक उपभोग्यवस्तु, पेट्रोलियम पदार्थ, निर्माण सामग्रीमा चरम मूल्यबृद्धि
भएको कारण अनियन्त्रित ढंगबाट महंगी बढेको, कृतिम अभाव सिर्जना भएको र महंगिले उपभोक्ता
मारमा परेको भन्दै आन्दोलनमा जान बाध्य भएको बताए ।
अध्यक्ष दंगालले पहिलो चरणमा प्रधानमन्त्री, कृषिमन्त्री, प्रमुख जिल्ला अधिकारीमार्फत
प्रधानमन्त्रीले प्राप्त गर्ने गरी ज्ञापनपत्र बुझाउने बताए । साथै, उनले मलको चरम अभाव र मूल्यवृद्धिको
विषय तथा यसको प्रभावको बारेमा आम जनतालाई सुसूचित गर्नुपर्ने बताए ।
त्यसैगरी दोस्रो चरणमा सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धर्ना गर्नुका साथै
जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा घेराउ गर्ने, विरोध र्याली र आमसभाहरुको आयोजना गर्ने उनको भनाइ छ ।
त्यस्तै, अध्यक्ष दंगालले मल आपूर्ति गर्ने नेपाल सरकारका निकायहरु साल्ट ट्रेडिङ कर्पोरेसनर कृषिसामाग्री कम्पनीका डिपोहरुमा तालाबन्दी गर्ने र स्थानीय समस्याहरु समेत उठाउँदै रचनात्मक
ढंगलेआन्दोलन गर्ने जानकारी दिए ।
विज्ञप्ति =





