काठमाडौं । एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको आईतबार बसेको बैठकले यस भन्दा
अगाडि सरकारमा पठाएका सबै मन्त्रीहरु फिर्ता बोलाउने र नयाँं टीम पठाउने निर्णय गर्यो ।
सो अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधामनन्त्री शेरबहादुर देउवालाई नयाँं मन्त्रीहरुको सूची
समेत पठाएका थिए।
नयाँं मन्त्रीहरुको नाम सो पार्टीको सचिवालयलेनै सार्बजनिक जनाकारी गरायो। सो अनुसार
आईतबारर सोमबार दिनभरी उनीहरुले बधाई समेत पाएका थिए। तर जव सोमबार कार्यालय सम
सुरु भयो
तब मन्त्रीपरिषद् हेरफेर स्थगित भएको प्रचार भयो। एका एक मन्त्रीका अनुहारमा छाएको खुशी
औसीको रात झै अध्याँरो हुनपुग्यो ।
बजारमा दिनभरी यस बिषयमा अनेक अड्कलहरु चलिनै रहे। कतिपयले एकीककृत समाजावदी पार्टी
भित्र यस बिषयमा लफडा भएको भन्दै अनेक लख काट्न थाले। तर बालुवाटार स्रोतका अनुसार
एकीकृत समाजावादीको र प्रधानमन्त्री शेरबहादर देउवाको सहमतिमा हेरफेर रोकिएको हो ।
यस बिषयमा मन्त्रीहरुलाई समेत मनाइएको स्रोतले बतायो । बलुवाटार स्रोतका अनुसार
अहिलेबजेटको मन्त्रालयगत हिसाबमा छलफल चलिरहेको र तिनमा मन्त्रीहरुले जवाफ दिनुपर्ने
भएकोले तत्कालका लागि हेरफेर रोकिएको हो। तर बजेट पारित भए लगतै पार्टीले सिफारिस
गरेका नाम अनुसार मन्त्री हेरफेर हुने छन् ।


