मुख्यमन्त्री छाडेपछि संसदमा शेरधनको पहिलो सम्बोधन : ‘सरकार मिलिजुली खानका लागि मात्रै बनेकाे हाे ?

alt

इटहरी ।प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकार मिलिजुली खनका लागि बनेको बताएका छन् । मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पहिलो पटक संसदमा सम्बोधन गरेका राईले सरकार मिलिजुली खानकै लागि बनेको बताएका हुन् । 

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रमप्रति टिप्पणी गरेका उनले आफ्नो पालामा भएका कामको जस पनि गठबन्धन सरकारले गर्न खोजेको बताए । प्रदेश सरकार गन्तब्य, उदेश्य र नीति बिहिन भएको उनको आरोप छ । सरकार आफै रणभूल्लमा परेको बताएका उनले सरकारले कुनै  काम गर्न नसकेको बताए । ‘सरकारले कुनै भेउ पाएको छैन,’ उनले भने,‘ प्रदेश संरचनाको जग कहाँ हाल्नु भएको छ ? कति वटा ऐन बनाउनु भयो ?’ 


उनले प्रदेश संरचना निर्माणका लागि सरकारले भूमाफियासँग चलखेल गर्न  खोजेको बताए । अघिल्लो सरकारले प्रदेश संरचनाका लागि जग्गा खोज्न कर्मचारीको नेतृत्वमा बनाएको समिति भङ्ग गरेर सरकारले मन्त्रीको नेतृत्वमा जग्गा खोज्न कार्यदल गठन  गर्नुको कारण विस्तारै जानकारी आउने बताउँदै उनले भने,‘ जग्गा कहाँ खोज्नु भयो, कि भूमाफिायासँग कुरा मिलेको छैन ।’ प्रदेश सरकारले  प्रदेशलाई संस्थागत गर्ने कुनै काम गर्न नसकेको उनको भनाई छ । उनले नीति तथा कार्यक्र बनाउने प्रदेश सरकारको नियमतमा नै खोट देखिएको उनले आरोप लगाए ।

     मोरङमा महिला लक्षित एक दिने हिपहप नृत्य कार्यशाला सम्पन्न मोरङमा महिला लक्षित एक दिने हिपहप नृत्य कार्यशाला सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित द राइजिङ बोर्डिङ स्कुलको सभा हलम ...

    कोशीमा मुख्यमन्त्रीको विषयलाई लिएर एमालेभित्र विवाद, नयाँ सरकार गठनमा ढिलाइ कोशीमा मुख्यमन्त्रीको विषयलाई लिएर एमालेभित्र विवाद, नयाँ सरकार गठनमा ढिलाइ

    इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीका बिषयमा नेकपा एमालेभित्र विवाद भएपछि एम ...

    नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम इटहरीमा सम्पन्न नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम इटहरीमा सम्पन्न

    इटहरी । साइप्रस स्थित नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रि ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]