इटहरी । इटहरी ४ स्थित पिसजोन आवासीय स्कुलले विद्यार्थीका प्रतिनिधि चयनका लागि निर्वाचन गरेको छ । विद्यार्थी स्वयम् मतदाता रहने गरी शुक्रबार विद्यालयकै प्राङ्गणमा स्कुलको प्राइमरी र सेकेन्डरी लेबलको लागि क्याप्टेन महिला पुरुष, भाइस क्याप्टेन महिला पुरुष गरी ८ फरक पदका लागी निर्वाचन प्रकृया सम्पन्न गरेको हो ।

विद्यालयबाट प्राप्त भएको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गर्दा भविष्यमा प्रतिनिधि चयनका निम्ति मतदान गर्दा बदर मतको सम्भावना न्यूनिकरण हुने साथै सफल र सबल नेतृत्व चयन गर्न सहज हुने उद्देश्यका साथ निर्वाचन गराइएको विद्यालयका प्रिन्सिपल केशव भट्टराईले जानकारी दिए ।

निर्वाचनको लागी विद्यालयले प्रतिनिधिका लागी चुनाव चिन्ह, मतपत्र साथै ४ वट मतदान केन्द्रको व्यवस्था गरिएको थियो । विद्यालयका ७ सय बढी विद्यार्थीले  मतदान केन्द्रमा मतदान गरेको थिए ।