सुन्दरहरैचा / सुन्दरहरैचा नगरपालिकामा सहकारी लेखा तथा उद्घोसण तालिम सुरु भएको छ । नगरमा भएका सहकारीहरुलाई सहकारी लेखा सम्बन्धि जानकारी दिनका लागी ७ दिने कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम नगरमा भएका प्रतिनिधि मुलक १० वटा सहकारीका प्रतिनिधिहरुको उपस्थिमा आयोजना गरिएको थियो ।
कार्यक्रमको सहजीकरण सहकारी प्रसिक्षक सुमन पौडेलले गर्नुभयको थियो तस्तै कार्यक्रममा बोल्दै प्रेस नेटवर्क म्यानेजमेटका अध्यक्ष हरी कृष्ण गौतमले सहकारीका विषयमा हाल सम्म यस्ता तालिम आयोजना नगरेको हुनाले सहकारीमा आउने समस्या र त्यको समाधानका विषयलाई केन्द्रित गरेर उक्त कार्यक्रम आयोजना गरेको बताउनु भएको छ ।
उक्त कार्यक्रममा आयोजकका रुपमा प्रेस नेटवर्क म्यानेजमेट प्रा लि र आर्थिक सहयोगका रुपमा सुन्दरहरैचा नगरपालिका रहेको थियो कार्यक्रममा प्रेस नेटवर्क म्यानेजमेटका अध्यक्ष हरी कृष्ण गौतम , प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाकी उप प्रमुख अकलि देबि चौधरी , विशिष्ट अतिथि कैलास बस्नेत, , कार्यपकलिका सदस्य दुर्गा देवि पोखरेल लगाएतको उपस्थिती रहेको थियो ।


