सुन्दरहरैचा/ महिलाहरुलाई सक्षम र आत्मानिर्भर बनाउने उदेश्यले मोरङको सुन्दरहरैचा नगरपालिकामा कृष्टल माला बनाउने तालिमको समापन गरिएको छ । सुन्दरहरैचा नगरपालिकाम भएका महिलाहरुलाइ व्यबसायिक रुपमा दक्ष बनाएर उनिहरुलाई आर्थिक उपार्जन गर्ने प्रेरणा सहित उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
गत आर्थिक वर्षकै कार्यक्रम भएतापनि विविध कारणले समापन गर्न नसकेका कारण यो चोटि कार्यक्रमको समापन गरेको सुन्दरहरैचा नगरपालिकाले जानकारी दिएको छ । साथै नगरमा भएका महिलाहरुले कृष्टल माला बनाएर त्यो बाट केहि आर्थिक उन्नती गरेर पनि उनिहरुले घर व्यबहार चलाउन सक्ने कुरा सहभागीरुले बताएकका थिए ।
कार्यक्रमको आयोजकका रुपमा सुन्दरहरैचा नगरपालिका उन्नती समाज महिला समुह रहेको थियो भने आर्थिक सहयोगमा सुन्दरहरैचा नगरपालिका रहेको थियो ।



