मोरङ । जिल्ला समन्वय समिति मोरङका नवनिर्वाचित प्रमुख अजम्बर राईलाई विराटनगरमा एक कार्यक्रम बीच शपथ ग्रहण गराइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् मोरङ जिल्ला न्यायाधिस भरत लम्सालले जिसस प्रमुख अजम्बर राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।
शपथग्रहण अघि जिल्ला समन्वय समिति मोरङमा निर्वाचित प्रमुख, उपप्रमुख र ७ जना सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो कार्यक्रममा मोरङमा स्थानीय तह निर्वाचन २०७९ सफलतापूर्वक सम्पन्न गराउन उत्कृष्ट योगदान गरे वापत मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक राज कुमार लामिछाने, कोलेनिकाका प्रमुख किशोर बराल लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।


