इटहरी । अनलाईका माध्यमबाट योग प्रशिक्षक तालिममा सहभागीहरुलाई एक कार्यक्रमको आयोजना गरि पातञ्जल योग समितिले दिक्षित गरेको छ । 

पातञ्जल योग समिति प्रदेश नम्बर १ले  दिक्षान्त समारोहको आयोजना गरि तालिममा सहभागी विभिन्न ठाउँका ३० जनालाई दिक्षित गरेको हो ।

 पातञ्जल योग समिति प्रदेश नम्बर १का अध्यक्ष केशव कुमार ताम्राकारको  अध्यक्षता तथा केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालको प्रमुख आतिथ्यमा दिक्षान्त समारोहको आयोजना गरिएको थियो ।
20220702_150336

 ३ सय ९० घण्टे आधारभुत तालिममा सहभागीहरुलाई दिक्षित गरिएको  जानकारी दिदै सोही अवसरमा समिती लाई चिनाउन भुमिका खेलेको भन्दै होम प्रसाद गौतम लाई सम्मान गरेको छ । 

सोही कार्यक्रममा मिलन श्रेष्ठको अध्यक्षतामा इटहरी उपमहानगर समिति गठन गरिएको समितिका केन्द्रय सदस्य जिपी तिवारीले जानकारी दिए । 

दिक्षान्त समारोहमा नेपाल आर्युवेद औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष जंगराज गिरी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।