तेर्हथुम / नेपाल भारत सहयोग एलिजा फाउण्डेशन द्वारा फेदाप गाउँपालिकालाई निशुल्क एम्बुलेन्स मंगलबार हस्तान्तरण गरिएको छ ।

फेदाप गाउँपालिकाको कार्यालय तेर्हथुममा एक कार्यक्रमका बिच पालिका अध्यक्ष केशव भेटुवाललाई फाउण्डेशनकी संरक्षक गिता देवी भेटुवालले एम्बुलेन्सको चाबि हस्तान्तरण गर्नु भएको हो ।

आफनो जन्म थलो फेदाप भएकाले विद्यार्थि जिवन देखिनै आफनो गाउँ, ठाउँमा केहि सहयोग गर्ने सोच रहेको र त्यो सपना पुरा भएको संरक्षक गिता भेटुवालले बताउनु भयो ।

पालिका भित्र रहनु भएका आमा, बुबा, दाजु, भाई, दिदिबहिनिहरुमा स्वास्थ्य समस्या आईपरे एम्बुलेन्स प्रयोग गर्न उहाँले सम्पुर्णमा आग्रह गर्नुभएको छ । उहाँको जन्म फेदाप गाउँपालिका वडा नम्बर ५ ईसिबुमा भएको थियो । 

एलिजा गौतमको नेतृत्वको एलिजा फाउण्डेशनले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । 
फेदापमा एम्बुलेन्सको आवश्यकता महशुस भएपछी समासेवी तथा नायिका एलिजा गौतमले यस्तो निर्णय गर्नुभएको हो ।

सामजिक कार्यमा निकै सकृय भएर काम गरिरहेकी नायिका एलिजा गौतमको यो कदमको चौतर्फी तारिफ भइरहेको छ ।

उनले आगामी दिन अझै व्यापक रुपले यस्तै बिकट ठाउँहरुमा काम गर्ने बताउनु भयो ।

एम्बुलेन्स हस्तान्रण कार्यक्रमका संरक्षक गिता देवी भेटुवाल र भरत गौतम एलिजाको आमाबुवा हुनु हुन्छ ।

यस्तै नायिका एलिजा गौतम कै श्रीमान तथा संचारकर्मी ऋषि धमलाको पनि सहयोग रहेको फाउण्डेशनले जनाएको छ ।

1932254670293149635_341415291496154_1047091854040922780_n 2

पालिका अध्यक्ष केशव भेटुवालले पालिकामा उपलब्ध भएको एम्बुलेन्स आपतकालिन अवस्थामा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी विरामिको सेवालाई सहज बनाउने बताउनुभयो ।

पालिकाबासिलाई सेवा उपलब्ध गराउँदा आर्थिक स्थिती हेरि छुटको व्यावस्था गरिने भएको छ । गर्भवती महिलालाई एम्बुलेन्स सेवाको व्यावस्था निशुल्क गर्नका लागि उपप्रमुख सहित ५ वटै वडाका वडा अध्यक्ष हरु सँग बसि छलफल गरिने बताउनुभयो ।

पालिकामा यो सहयोग एैतिहासिक र पहिलोे भएकाले आगामी दिनहरुमा यस्ता सहयोग जुटाउने खालका कार्यक्रमहरु कैयौँ गर्दै जाने उहाँले बताउनुभयो ।

फेदाप गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले पालिकामा एम्बुलेन्स उपलब्ध भएसँगै विरामिहरुलाई सहजता मिल्ने बताउनुभयो ।

फेदाप गाउँपालिकाको कार्यालयमा सम्पन कार्यक्रम विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधी, जनप्रतिनिधि, कर्मचारि लगायतको उपस्थिती रहेको थियो ।