इटहरी । राष्ट्र निर्माणमा युवाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा अविनभ बस्नेत प्रथम भएका छन ।आकास इन्स्टिच्युट इटहरीले विभिन्न विषयको व्रिज कोर्ष गरिरहेका विद्यार्थीहरुको सहभागितामा आयोजना गरेका प्रतियोगितामा बस्नेतले प्रथम भएर ५ हजार नगद पुरस्कार जित्न सफल भएका हुन ।
त्यसै गरी रिमा कटुवाल द्धितिय र शिक्षा निरौला तृतिय हुन भए । द्धितिय र तृतियले क्रमशः नगद ३हजार र २हजार पुरस्कृत गरियो । आकास इन्स्टिच्युटका प्रवन्ध निर्देशक कमल तिम्सिनाको अध्यक्षता तथा सुनिल तिम्सिसना राम घिमीरे ,इश्वरी भट्टराई र शितल तिम्सिना प्रतियोगिताको निर्णायक रहेका थिए ।

एडुटेक कलेज इटहरीको संयोजनमा भएको कार्यक्रममा कलेजका अध्यक्ष चिरन्जीवी तिम्सिनाले कलेजले विज्ञान ,व्यवस्थापन,होटल व्यवस्थापन ,कम्प्युटर विज्ञान ,कानुन ,शिक्षा विषयमा स्नातक तह विविएस र एसिसीए पठनपाठान गराउदै आएको जानकारी गराए । कार्यक्रममा आकास इन्स्टिच्युटका सञ्चालक गोपाल निरौला , मदन अधिकारी , सुषमा गोदावरी कलेजका सहायक क्याम्पस प्रमुख बलराम पन्त लगायतका अतिथीहरुको कार्यक्रममा उपस्थिती रहेका थिए ।


