तेह्रथुम/ लालीगुँरास नगरपालिकाले जापान सरकारको सहयोगमा एम्बुलेन्स प्राप्त गरेको छ । करिव नेपाली ३ करोड रुपैँया बराबरको अत्याधुनिक एम्बुलेन्स जापानीज दुताबासद्वारा प्राप्त भएको हो ।

 बसन्तपुर बजारमा एक कार्यक्रमको आयोजना गरि पुर्व राज्य मन्त्री सिता गुरुङ र बसन्तपुर महिला समाज तेह्रथुमका अध्यक्ष अन्जना खवाहाङले नगरप्रमुख अर्जुन माबुहाङलाई चावी हस्तान्तरण गर्नु भएको छ ।

कार्यक्रमका प्रमुख अथिति पूर्ब राज्य मन्त्री सीता गुरूङले एम्बुलेन्स प्राप्त भएसँगै नगरवासिमा कुनै जटिल खालका स्वास्थ्य समस्या आईपरे विरामिले तत्काल सेवा पाउँने बताउनुभयो ।

गाउँ, टोलको कच्चिसडक स्त्तरउन्नतीमा नगरपालिकाले ध्यान दिन सके आगामि दिनमा सर्वसाधारण नागरिक जो कोहिँले उपचार बाट बञ्चीत हुनु नपर्ने उहाँले बताउनु भयो ।

लालीगुँरास नगरपालिकाका मेयर अर्जुन माबुहाङले एम्बुलेन्स उपलब्ध गराउँन आ, आफनो स्थान बाट सहयोग गर्नुहुने सम्पुर्ण महानुभावमा धन्यवाद व्यक्त गर्नु भयो । नगरभित्र कुनै पनि स्वास्थ्य समस्या आईपरे तत्काल पालिकामा खबर गर्न नगरवासिमा उहाँले आग्रह गर्नुभएको छ ।

 कार्यक्रमका बिषेस अथिति तथा समाजसेवी हरिशचन्द्र माबुहाङ र उहाँको पत्नी माइकोइगा माबुहाङले जापान राजदुताबास बाट अत्याधुनिक एम्बुलेन्स उपलब्ध गराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान पत्र सहित तेह्रथुमे ढाका टोपिले सम्मान गरेको छ।

यस्तै नगरपालिकालाई एम्बुलेन्स प्रदान गर्ने जापानीज राजदुतावासले पठाएको पत्र पढेर समाजसेवी हरिशचन्द्र माबुहाङले सहभागीहरुलाई सुनाउनु भएको थियो ।

कार्यक्रममा लालीगुँरास नगरपालिकाका उपप्रमुख जमुना कार्की मगर, नेपाली काग्रेश तेह्रथुमका पूर्ब सभापति गोबिन्द ढुङगाना, माओबादी केन्द्र लालीगुरास नगरपालिकाका अध्यक्ष  छिरिङ लामा, वडा नम्बर १ का अध्यक्ष  दान बहादुर खडका, लालीगुरास नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष  देवेन्द्र खडका, नेपाली काग्रेस लालीगुरास नगरपालिका अध्यक्ष तथा वडा नम्बर ९ का वडा अध्यक्ष  अमर बहादुर गुरूङ लगायतले मन्तव्य राख्नु भएको थियो ।

लालीगुँरास नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रम पुर्व राज्य मन्त्री सिता गुरुङको प्रमुख आथित्यता तथा नगरप्रमुख अर्जुन माबुहाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।