इटहरी। पाँचतारे होटल सोल्टीको व्यवस्थापनमा इटहरीमा होटल संचालनमा आउने भएको छ। होटलले आउँदो दशैंअघि नै इटहरी स्थित पाँचतारे स्तरको सोल्टी वेस्टेण्ड होटल संचालनमा ल्याउन लागेको हो ।
व्यवस्थापनका लागि सम्झौता भइसकेको इटहरीको गरिमा होटललाई सोल्टी वेस्टेण्डको नाममा संचालनमा ल्याउने तयारी रहेको छ ।
'होटल फिनिसिङको काम अन्तिम चरणमा रहेकोले यतिखेर होटलको बाथरुम, लबीलाई आफ्नै शैलीमा परिवर्तन गरिरहेकोले आउँदो अगस्टमै होटल तयारी पूरा गरि । सेप्टेम्बरबाट औपचारिकरुपमा संचालनमा ल्याउने तयारी रहेको छ ।
होटलले तीन महिनाभित्रै क्यासिनो संचालनमा ल्याउनका लागि यतिखेर विभिन्न कम्पनीसँग छलफल गरिरहेको छ।
यो होटलमा कुल ९० वटा कोठा छ। होटलमा एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट रुम, १२ वटा एक्जुक्युटिभ रुम, २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम रहेका छन्। यस्तै, दुईवटा ब्यांक्वेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेण्ट, लाउन्ज लगायत विभिन्न सुविधा रहने छ ।

