इटहरी । कक्षा १२को परिक्षा दिएका विद्यार्थीहरुलाई विदाई तथा कक्षा ११मा अध्ययनका लागि आउने विद्यार्थीहरुलाई इटहरीको सिवी कलेजले स्वागत तथा विदाई कार्यक्रम गरेको छ ।
कलेजका सञ्चालक समितिका अध्यक्ष देशवन्धु कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा स्वागत तथा विदाई कार्यक्रम आयोजना गरिएको हो ।
त्यसै गरी कक्षा ११मा अध्ययनका लागि आएका एक सय २० जना विद्यार्थीलाई स्वागत गरिएको थियो ।

सो अवसरका हास्य कलाकार तुलसी घिमीरे सहित विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुत र हास्य प्रस्तुतीका साथै आफुमा निहित प्रतिभा प्रस्तुत गरेका थिए ।
सिवी कलेजमा होटल मेनेञ्जमेन्ट लगायतका विषयहरु पठन पाठन हुदै आएको छ ।



