इटहरी । पछिल्लो समय दैनिक रुपमा हुने दुर्घटना न्युनिकरण गर्ने उदेश्यले सांग्रीला डेभलपमेन्ट बैकले बिभिन्न समाग्री हस्तान्तरण गरेको छ ।

              मंगलवार १ नम्बर प्रदेश ट्राफिक प्रहरी  कार्यालयलाई  रोड डिभाइनर, ट्राफिक व्यारीकेटर र इटहरी उप-महानगरपालिका वडा न ६ लाई डस्बिन हस्तान्तरण गरेको छ । प्रादेशिक कार्यालय इटहरीको मातहतमा रहेका अन्य शाखाहरु इटहरी , बिराटनगर , धनकुटा, गाइघाट, फिक्कल लगायतका  शाखाहरुको समन्वयमा उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

294113748_1073314029961540_6412607783149500131_n

             प्रदेश १ मा हुने दुर्घटना न्युनिकरण र रोकथामका लागी सामाजिक उत्तरदायित्व अन्तर्गत रोड डिभाइनर ४० थान , ट्राफिक व्यारीकेटर ३ वटा र इटहरी उप-महानगरपालिका वडा न ६ कार्यालय लाई ८ वटा डस्बिन हस्तान्तरण गरेको छ  ।

293876918_1972632762931511_342971640633608181_n

        कार्यक्रममा बोल्दै सांग्रीला डेभलपमेन्ट बैकका प्रदेश १ का प्रमुख उमेश खड्काले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्न विभिन्न सामाजिक क्षेत्रमा काम गरिराखेकै आवस्थामा  दुर्घटनाका कारण दैनिक रुपमा हुने क्षेति न्युनिकरणका लागी उक्त सामाग्री हस्तान्तरण गरेको बताउनु भएको छ ।

294145153_1110046196559099_7295275066364939271_n