उदयपुर /  रोटरी क्लव अफ इटहरीले रोटरी डिष्ट्रिक नेपाल ३२९२ र ताईपेई ३५२३ बाट प्राप्त ह्वील चियर शुकबार एक कार्यक्रमको आयोजना गरी वितरण गरेको छ ।

                   विगतका दिनहरुमा पनि अपाङता , शैक्षिक लगाएतका क्षेत्रहरुमा सहयोग गर्दे आएको रोटरी क्लव अफ इटहरीले बेलका नगरपालिका उदयपुरका २१ जना अपाङता भएकाहरुलाई केहि सहयोग पुगोस भन्नका निमित्त ह्वील चियर वितरण गरिएको रोटरी क्लव अफ इटहरीका अध्यक्ष संयोग पराजुलीले जानकारी गराउनु भयो ।

294479669_5846218975392431_1425174221020644418_n

                         आयोजित कार्यक्रममा बेलका नगरपालिका प्रमुख कार्यकारी अधिकृत चेतनाथ गौतम  प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वोल्दै प्रमुख कार्यकारी अधिकृत गौतमले ह्वील चियर ले अपाङ्गता भएका ब्यक्तिहरुलाई निकै सहज हुने भन्दै वितरण गरेको प्रति रोटरी क्लवलाई धन्यवाद दिनुभएको छ ।   

294768206_5846218465392482_2057252413807472111_n

            त्यस्तै कार्यक्रममा नगरपालिका प्रवक्ता तथा बडा नम्बर ९ का अध्यक्ष पदमबहादुर खड्का सहित का जनप्रतिनिधि, स्थानीय समाजसेवी का साथै  रोटरी क्लव अफ इटहरीका  पूर्व अध्यक्षहरु लक्ष्मी थेवे, दिपेन्द्र गौतम, आगामी वर्षका निर्वाचित अध्यक्ष माधव न्यौपाने, कम्यूनिटि सर्भिस समितीका अध्यक्ष  केशव भट्टराइ लगायतका रोटरियनहरुको उपस्थिति रहेको थियो । ह्वील चियर वितरण कार्यक्रम  रोटरी क्लव अफ इटहरीका अध्यक्ष संयोग पराजुलीको अध्यक्षतामा आयोजना गरिएको थियो । 

294980213_5846212855393043_7836527905585612625_n295218078_5846216825392646_8356999330142512389_n