इटहरी । इटहरी स्थित आकाश इन्स्टिच्युटले आकाश फारवेल कार्यक्रम गरेको छ । ४५० जना विद्यार्थीहरु सहभागि गराएर कार्यक्रम गरेको हो ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, रोटरी क्लब अफ इटहरीका अध्यक्ष सञ्जोग पराजुली लगायत विभिन्न क्याम्पसका प्रमुखहरु र विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

एब्रोड स्टडीका साथै टेस्ट तथा इन्ट्रान्स प्रिपेरेसन कक्षाहरु, भाषा तथा कम्प्युटर कक्षाहरु सञ्चालन गरिरहेको इन्स्टिच्युटले विद्यार्थीहरुसँग पहिलो पटक कार्यक्रम गरेको सञ्चालक कमल तिम्सिनाले जानकारी दिए । उनले आगामी दिनमा पनि कार्यक्रमले निरन्तरता पाउने बताए ।