विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पत्ति विवरण बुझाएका छन् । उनले बजार क्षेत्रमा साढे चार बिघा जग्गा, ३ करोड ३० लाखको प्राडो, ८० तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका हुन् । 

कोइरालाले बुझाएको सम्पत्ती विवरणमा घर र व्यवसायबारे उल्लेख छैन । ४९ वर्षे कोइरालाले सबै सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन् ।

२०५४ देखि तरुण दल मोरङ हुँदै नेपाली कांग्रेसको राजनीति सुरु गरेका उनले आफूले केही कमाएको विवरण उल्लेख गरेका छैनन् । सम्पत्ति विवरणको एक ठाउँमा भाइको नाममा रहेको ११ कट्ठा जग्गा रहेको उल्लेख गरेकाछन् ।

विराटनगर अस्पताल चोकमा कोइरालाको घरमा ग्रिन क्रस अस्पताल सञ्चालित छ । अस्पताल परिसरमै रहेको घरमा उनी बस्छन् । तर त्यसबारे सम्पत्ति विवतरणमा उल्लेख छैन । अस्पताल र घर आफ्नो नाममा नरहेकाले सम्पत्ति विवरणमा उल्लेख नगरेको कोइरालाका प्रेस सल्लाहकार मिनकुमार नवोदित श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मेयर कोइरालाले आफ्नो नाममा रहेको सम्पत्ति मात्रै पेश गरेका छन् ।२०५४ देखि तरुण दल मोरङ हुँदै नेपाली कांग्रेसको राजनीति सुरु गरेका उनले आफूले केही कमाएको विवरण उल्लेखगरेका छैनन् ।

विराटनगर अस्पताल चोकमा कोइरालाको घरमा ग्रिन क्रस अस्पताल सञ्चालित छ । अस्पताल परिसरमै रहेको घरमा उनी बस्छन् । तर त्यसबारे सम्पत्ति विवतरणमा उल्लेख छैन । अस्पताल र घर आफ्नो नाममा नरहेकाले सम्पत्ति विवरणमा उल्लेख नगरेको कोइरालाका प्रेस सल्लाहकार मिनकुमार नवोदित श्रेष्ठले बताए । 

कोइरालाले विराटनगर महानगरपालिका वडा नं. ११ र १५ का सात ठाउँमा साढे चार बिघा जग्गा रहेको विवरणमा उल्लेख छ । उनको जग्गा रहेको क्षेत्रमा बजार भाउ प्रतिकठ्ठा ८० लाख रुपैयाँ हाराहारी रहेको स्थानीय बताउँछन् ।

विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७१९.७८ वर्गमिटर ९८५ कठ्ठा० र विराटनगर ११ मा ११ कठ्ठा जग्गा रहेको विवरण पेश गरेका छन् । कैफियतमा विराटनगर ११ मा रहेको ११ कठ्ठा जग्गा भाइ डाक्टर पुरु कोइरालाको नाममा रहेको उल्लेख छ ।

कोइरालाले पेश गरेको विवरणमा ८० तोला सुन २० वर्ष अघि ८ लाखमा खरिद गरेको उल्लेख छ । सानिमा बैंकमा १० लाख रुपैयाँ मौजदात रहेको विवरण पेश गरेका उनले स्थानीय तहको निर्वाचनभन्दा एक महिनाअघि २०७८ चैतमा टोयोटा कम्पनीको प्राडो गाडी ३ करोड ३० लाखमा खरिद गरेको उल्लेख गरेका छन् । कोइरालाले आफ्नो सेयर र व्यवसाय भए नभएको विवरण समावेश गरेका छैनन् ।