सुन्दरहरैंचा   विदेश पढ्न जानेहरुका लागि मोरङको सुन्दरहरैंचा-९ मा ग्रो मोर कन्सलटेन्सी सञ्चालनमा आएको छ । पछिल्लो समय विदेशमा पढ्न जाने युवाको सङ्ख्या वढ्न थालेकाले यस क्षेत्रका विद्यार्थीहरुका लागि ग्रो मोर सञ्चालनमा ल्याइएको सञ्चालक युवा व्यवसायी जेनिश ढकालले बताए ।

अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, फिडल्याण्डलगायत देशहरुमा पढ्न जानेहरुका लागि आइएलटीएस र पिटिइका कक्षाहरु शुरु भएका छन् ।

बिहीबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालले सो कन्सल्टेन्सी उद्घाटन गर्दै दक्ष जनशक्ति निर्माण गर्न विदेशसम्म पुग्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै सिप सिक्न गए पनि उतै पलायन हुन नहुने बताए । यस ठाउँका अभिभावकले युवालाई पढ्न पठाउन अब सहज हुने समेत उनको भनाइ थियो ।

करीव २० लाखको लगानीमा सञ्चालनमा आएको यस कन्सल्टेन्सीको मुख्य कार्यालय काठमाडौंमा  रहेको  कन्सलटेन्सीका  सञ्चालकमा राजीव चापागाई र मनिष बजगाईँ समेत रहेका छन् ।