इटहरी । इटहरीमा सेलुन एकेडेमी मेकअप स्टुडियो शुक्रवार बाट सञ्चालनमा आएको छ । उक्त मेकअप स्टुडियोको निल डेबिड कट्वालले शुक्रबार उद्घघाटन गरेका छन् ।
सेलुन एकेडेमी मेकअप स्टुडियोमा महिला र पुरुष दुबै लाई सेवा प्रवाह गर्ने समेत उनले जानकारी दिईन । .कार्यक्रमका प्रमुख अतिथि निल डेबिड कट्वालले सेलुन मेकअप स्टुडियो संचालनमा आउदा आफु धेरै खुसि भएको बताएका छन ।
निल डेबिडले देश विदेशमा गरेर २८ वटा भन्दा बढि स्टुडियो संचालन गरेको समेत बताए । हालसम्म उनले एक हजार भन्दा बढी मानिसलाइ रोजगारी दिएको जानकारी दिएका छन । निल डेबिडले नेपाल , भारतमा समेत हेयर सैलुन तथा ब्युटिपालर संचान गर्दै आएका छन् र पछिल्लो समयमा उनले दुबइमा समेत पार्लर संचालन गर्न सम्झौता गरेर आएको बताएका छन ।
त्यसैगरी मेकअप स्टुडियो संचालनमा आउदा धेरै युवा युवतीले रोजगारी पाउने बिशिष्ठ अतिथि इटहरी वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोख्रेलले आशा व्यक्त गरे । उनले इटहरी व्यवसायीक हवको रुपमा परिचित हुदै गरेको समयमा यस प्रकारका व्यवसायले थप युवायुवतीहरुमा व्यवसायप्रति उर्जा थपिने विश्वास व्यक्त गरे ।

