तेह्रथुम खोरुङ्गामा आगन्तुक तान्दै घर्ते खोलाको सुन्दर किर्तिम छाँगो

alt


म्याङ्लुङ:  एकातिर छ खोरुङ्गा खोला । अर्कोतिर छ घर्ते खोला । घर्ते खोलालाई सामान्य संरचना बनाएर झरनाको शैलीमा झारिएको छ । छाँगो बनाएर झरेको घर्ते खोला खोरुङ्गामै मिसिन्छ ।

छाँगो बनाइएको ठाउँ नजिकै एक सुन्दर कटेज बनाइएको छ । झरना र कटेजको सङ्गमले दृश्य अत्यन्तै सुन्दर देखिन्छ । र, त्यही दृश्यमा तस्बिर, भिडियो कैद गर्ने आगन्तुकको भिडभाड भइरहन्छ । 

यो पर्यटन कथा हो तेह्रथुमको फेदाप गाँउपालीका वडा नम्बर २ मा रहेको खोरुङा खोला साङ्ग्रिला रिसोर्ट क्षेत्रको । मध्यपहाडि राजमार्गकै काखमा रहेको यो क्षेत्र सदरमुकाम म्याङ्लुङबाट नौ किलोमिटर हाराहारीको दूरीमा छ । बिस मिनेट हाराहारीमा सहजै पुग्न सकिने गन्तव्य हो । 

यो पर्यटन अवधारणा बमबहादुर लिम्बुको हो । २०५८ देखी २०६२ सम्म मलेसियाको पुत्राजयमा रहेको साङ्ग्रिला होटलमा काम गरेका लिम्बुले आफ्नो पर्यटन शिल्प गाउँमै प्रयोगको प्रयास गरेका हुन् । तीन वर्ष अगाडि देखि सामान्य संचालन भएको यो पर्यटन क्षेत्र पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी नै भएको बताउँछन् लिम्बु । तर, चाँडै पूर्ण रूपमा संचालन हुने उनी बताउँछन् । 

पाँच रोपनी जग्गामा यस्तो पर्यटन क्षेत्र बनाउनुको मुख्य उद्देश्य म्याङ्लुङमा बसेर काम गरेका कर्मचारीलाई भएको कामको ह्याङबाट मुक्त गर्ने विकल्प भएको उनी बताउँछन् । भन्छन्, ‘मध्यपहाडी राजमार्गका यात्रु त प्रमुख लक्षित आगन्तुक हैनन् ।’

लिम्बुको पर्यटन क्षेत्रमा परिवारका सदस्य समेत जोड्दा एक दर्जन हाराहारी कर्मचारीहरू छन् । कोठाहरूको व्यवस्थित वृहत् संचालन नभएपनि सामान्य खान बस्न भने सुविधा सुरु भएको छ । लिम्बुका अनुसार आगन्तुक आएर बसेको कोठा एक रातको ५०० रुपैयाँ तोकिएको छ । माछा भात तीन सय हाराहारी छ भने मासुभात भने साढे दुई सय रुपैयाँ प्रचलनमा रहेको छ । 
         
           नेपाल टुरिजम प्लस
            nepaltourismplus.com बाट


विराटचोकमा ‘शान्वी ब्युटी पार्लर’ सञ्चालनमा विराटचोकमा ‘शान्वी ब्युटी पार्लर’ सञ्चालनमा

इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, विराटचोकमा आधुनिक सौन्दर्य सेवासह ...

धनकुटामा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह धनकुटामा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

इटहरी। कोशी प्रदेशमा आगामी केही दिन भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प् ...

इलाममा पन्ध्रसय किलो गाँजा बरामद इलाममा पन्ध्रसय किलो गाँजा बरामद

इटहरी। जिल्ला प्रहरी कार्यालय इलामले गए राति एक हजार पाँचसय चार किलो गाँजा ...

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]