इटहरी । शैक्षिक हबको सम्भाव्यता बोकेको शहर हो इटहरी । पछिल्लो केही समय यतादेखी इटहरीमा सहरीकरण,जनसंख्या मात्र नभइ विद्यालय तथा कलेजहरुको संख्यापनी उत्तीकै मात्रामा बढ्दो छ ।
गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले स्थापीत कलेजहरुमध्ये लोकप्रीयतामा लामो फड्को मारेको एक कलेज हो इटहरी स्थित कस्तूरी कलेज । शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समय सम्म अनुभव बटुलेका व्यक्तिहरुको संलग्नतामा वि.सं. २०५५ मा कस्तूरी उच्च मा.वि. को स्थापना भयो ।
स्थापना कालदेखीनै उत्कृष्ट नतिजा हासील गर्न सफल कलेजले विद्यार्थीको माग र अभिभावकहरुको अपेक्षा अनुरुप व्याचलर तहको पठन पाठन गर्ने गरी वि.सं. २०५९ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्विकृति लिई सेमेष्टर प्रणालिमा आधारित (बि.बि.ए) कार्यक्रमको सुरुवात भयो कस्तूरी कलेजमा ।

(बि.बि.ए) कार्यक्रममा सिमित कोटा भएको तर (प्लस टु) को पढाई सकेर निस्कने विद्यार्थी संख्या धेरै हुने भएकोले माग वमोजिम सवैले व्याचलर तह यहि पढ्न पाउन् भनी वि.सं. २०६२ सालमा छुट्टै प्रशासनिक संरचना खडागरी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई कस्तूरी कलेज अफ म्यानेजमेन्ट सुरुवात गरिएको छ ।
उच्च शिक्षा अध्ययन गरी सकेर कस्तुरी कलेजका विद्यार्थीहरु स्वदेशकै सफल उद्यमी व्यवसायि बन्नुको साथै नेपाल सरकारका विभिन्न ओहोदाको साथसाथै गैर सरकारी क्षेत्रमा समेत सेवा प्रदान गरिरहेको कलेजले जानकारी गराएको छ ।
गुणस्तरीय शिक्षाकालागी ईटहरी क्षेत्र र आसपासका विद्यार्थीहरुले छिमेकी मूलुक भारत मा तथा नेपालकै काठमाण्डौ सम्म जानुपर्ने बाध्यतालाइ मध्यनजर गर्दै आफ्नै घरमा राखी पारीवारिक वातावरणमा हुर्कदै ईटहरीमै उच्च स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने हेतुले आधुनिक पद्दतीबाट पढाईहुने अन्तराष्ट्रिय स्तरको सुविधायुक्त स्कूल सुरुवात समेत गरिएको छ ।

विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा सुधार गर्नुको साथसाथै अतिरिक्त कृयाकलापमा समेत दक्षता हासिल गरुन भनी विभिन्न विषयका विषयगत विज्ञ प्रशिक्षकहरु राखी दैनिक २ घण्टा नियमित रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिदै आएको छ कस्तूरी कलेजले ।
यसका अलावा कलेजले पठनपाठनका साथै आफ्ना विद्यार्थीहरुलाइ सामाजीक क्षेत्रमा समेत अब्बल बनाउँदै लगेको कलेजका प्राचार्य कमलेश शर्मा पौडेलले जानकारी दिए ।
आगामी दिनमा विभिन्न प्रविधि विषयका कार्यक्रमहरु समेत थप गर्दै विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा गर्ने लक्ष्य राखिएको उनले बताए ।


