इटहरी । इटहरीस्थित जनता क्याम्पसको शिक्षक छनोटमा अनियमितता भएको भन्दै आन्दोलनरत विद्यार्थी संगठनहरुलाई स्थानीयले पनि साथ दिएका छन् ।
 
मंगलबार भएको छलफलमा स्थानीयहरुले विवादित नियुक्ति रोकी बृहत छलफलबाट अघि बढ्न क्याम्पस प्रशासनसँग आग्रह गरेका छन्। क्याम्पसको शैक्षिक वातावरण सुधार गर्न विद्यार्थी संगठनहरुले गरेको आन्दोलन र मागलाई स्वागत गर्नपनि उनीहरुले सुझाव दिएका छन् । 

लामो समयदेखि कर्मचारी नियुक्ती प्रक्रिया खारेजीको माग गर्दै जनता क्याम्पसका नेपाली काँग्रेस सम्बद्ध नेविसंघबाहेकका ६ वटा विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । क्याम्पस प्रशासनले बेवास्ता गरेपछि क्याम्पसभित्रका बेथिति र विद्यार्थी आन्दोलनका विषयमा समुदायसँग छलफल गरी राय सुझाव लिइएको हो । 
विद्यार्थीहरुले यसको विरोधमा ऐक्यवद्धता रहेको जनाउँदै स्थानियले बृहत छलफल गरेर अगाडी बढ्ने बताए ।
299196840_1204540290119840_1812373397945154511_n299014031_346254167723508_8328498653108540498_n (1)

          विद्यार्थी स्पन्दन प्रधानले छलफलको संचालन गरेका थिए भने विद्यार्थी नेताहरु अनेरास्ववियुका उज्वल सिग्देल र अनेरास्ववियु क्रान्तिकारीका अर्जुन पौडेलले आफ्ना भनाईहरु राखेका थिए । यस्तै स्थानीयबाट सुस्मा तिम्सिना र सन्तोष पराजुलीले जनता क्याम्पसका बेथितीहरुको बारेमा आफ्ना अनुभव र धारणा राखेका थिए ।
298910270_745076283452280_3547448998153038952_n
299177388_1121896042071296_7199527784748214400_n (1)