इटहरी । नेपाली हिन्दु महिलाको महान चार्ड तिजको अवसर पारेर सुनसरीको इटहरीमा तिज स्टार डान्सिंग कार्यक्रमको आयोजना गरिएको छ ।

   लक्ष्मी डान्स स्टुडियोको आयोजनामा प्रतियोगितात्मक तिज स्टार डान्सिग कार्यक्रम गरिएको हो ।

भिमकुमारी समाल मगरको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्य  रहेको कार्यक्रममा लोक गायिकाहरु गंगा गौतम र अञ्जु गौतमले जित लगायतका गितहरु प्रस्तुत गरेका थिए  ।26bb8298-24dd-4a68-acc6-1326d4cf06d1

प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुनेलाई क्रमशः २५हजार,१०हजार र ५ हजारले पुरस्कृत गरिएको  लक्ष्मी डान्स सेन्टरकी सञ्चालिका लक्ष्मी मगरले जानकारी दिइन ।कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्री कटुवाल , मकालु बोडिगं स्कुलका सञ्चालक थानेश्वर ढकाल लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।