इटहरी : नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ ले प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साहका अनुसार क्षेत्र नं. २ ले उम्मेदवारको सिफारिस गरेको हो । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ राजीव कोइराला, राजीव ढुंगाना र सीताराम मेहताको नाम सिफारिस भएको साहले जानकारी दिए । यस्तै, समानुपातिकतर्फ भने दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस भएको छ ।
कोइराला केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता छन् । यस्तै, ढुंगाना नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान सभापति हुन् । मेहता प्रतिनिधिसभाका वर्तमान सांसद तथा पूर्व राज्यमन्त्री हुन् ।


