इटहरी : नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ (क) ले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ लाई सरकारले निर्वाचनको मिति तोकेसँगै एमाले सुनसरी क्षेत्र नं. ३ (क) ले प्रदेशसभाको सदस्यका लागि प्रत्यक्षतर्फ लिलम बस्नेत सहित १३ जनालाई सिफारिस गरेको हो ।
प्रदेशसभाको सदस्य समेत रहेका बस्नेत सहितका नेतालाई शनिबार सिफारिस गरिएको हो ।
सिफारिसमा पर्ने अन्य उम्मेदवारहरूमा तैयव हुसैन, सागर सुवेदी, रेवती घिमिरे, ढण्डमाया भण्डारी, रुपेश बस्नेत, रोहित कार्की,एकराज दाहाल, सत्यनारायण चौधरी, हरि राई, मुस्ताक आलम र साविर हुसैन,समीर कार्की, रहेका छन् ।


