क्षेत्र नं. १ (क) मा प्रदेशसभाको प्रत्यक्षमा भीम पौडेल, विकास केसी र बद्रीनारायण चौधरीको नाम सिफारिस गरिएको छ । पौडेल उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि समेत हुन् । उनी यसअघि इटहरी उपमहानगरपालिकामा मेयरको ‘रेस’ मा थिए ।

यस्तै, केसी महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । उनी कांग्रेसको १४ औँ महाधिवेशनमा इटहरी उपमहानगरपालिकाको सभापतिमा पराजित बनेका थिए ।

चौधरी २०७० को संविधानसभा सदस्यमा सुनसरी क्षेत्र नं. २ बाट निर्वाचनमा सहभागी भएपनि पराजित बनेका थिए ।

समानुपातिकमा गीता श्रेष्ठ, सुबेक्छु देवान राई, नगेशचन्द्र राई, सूर्य राई, दामोदर दाहाल, केशवप्रसाद भट्टराई, विमला शिवाकोटी ढकाल, बबिता चौधरी, रामप्रसाद विक र रमेश पोखरेलको नाम सिफारिस भएको छ ।

यस्तै, सुनसरी क्षेत्र नं. २ (ख) को प्रदेशसभा प्रत्यक्षमा प्रकाश मेहता, वीरेन्द्रकुमार मेहता, चिरञ्जीवी बस्नेत, मोहन मेहता, महिचन्द्र साहु, रामदास कोइरी, लिलामणि सुवेदी, सुरेन्द्रप्रसाद यादव, रफुल मियाँ, ज्योति शुब्बा, मुकुन्द खतिवडा, सरला बस्नेत, लाली मेहता, हेमनारायण मेहता र कुन्दन यादवको नाम सिफारिस भएको छ ।

त्यसैगरी समानुपातिकतर्फ सञ्जयप्रसाद श्रेष्ठ, सहदेव मेहता, प्रकाश नेपाली लगायतको नाम सिफारिस भएको सचिव साहले बताए ।