विराटनगर : नेकपा एमाले मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित र प्याव्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीको नाम सिफारिस भएको छ ।

त्यस्तै राष्ट्रिय राजनीतिमा चिनिएका लालबाबु पण्डित गत चुनावमा सोही निर्वाचन क्षत्रेबाट निर्वाचित भएका थिए । २०७४ सालमा उनले नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालालाई हराएका थिए ।

आइतबार बसेको संघीय निर्वाचन क्षेत्र कमिटिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पुरी र पण्डितलाई सिफारिस गरेको छ ।