विराटनगर : नेकपा एमाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा ऋषिकेष पोखरेलको नाम सर्बसम्मत सिफारिस भएको छ ।
पोखरेल नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष हुन् । उनले आफ्नो कार्यकालमा पार्टी कम्जोर देखिएको अवस्थामा पनि मोरङ जिल्लाको धेरैजसो स्थानीय निकायको नेतृत्व आफ्नो पार्टीका पक्षमा पार्न सफल भएका थिए ।
आइतबार बसेको संघीय निर्वाचन क्षेत्र कमिटिको बैठकले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ऋषिकेष पोखरेलकोलाई सिफारिस गरेको छ ।


