६ वटा संघीय निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सिफारिस गरेकोआकांक्षी उम्मेदवारहरुको नाम
निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फेसहित घनश्याम खतिवडा, अग्नी भट्टराई, राजेन्द्र पौडेल र रुद्रबहादुर तामाङको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसले संविधानसभा सदस्य डिगबहादुर लिम्बूसहित, रामप्रसाद पोखरेल, आरती बराल र जयधर्म आर्चायको नाम सिफारिस गरेको छ । माओवादीले यस क्षेत्रमा सर्वसम्मत रुपमा प्रेम मिभक लिम्बूलाई सिफारिस गरेको छ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा एमालेले संविधानसभा सदस्य ऋषिकेश पोखरेललाई सर्वसम्मत सिफारिस गरेको छ ।
माओवादीले गणेश उप्रेतीलाई सर्वसम्मत सिफारिस गरेको छ ।
मोरङ क्षेत्र नम्बर ३ मा एमाले र कांग्रेस दुवैले सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गरेका छन् । एमालेले भानुभक्त ढकाल र कांग्रेसले सुनिल शर्माको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर ३ बाट माओवादीले सावित्रीकुमारी काफ्ले, खेम सुन्दास र खेम भट्टराईको नाम प्रतिनिधिसभामा सिफारिस गरेको छ ।
मोरङ क्षेत्र नम्बर ४ बाट अमनलाल मोदीलाई माओवादी केन्द्रले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एमालेले पनि केन्द्रीय सदस्य विनोद ढकालको एकल नाम सिफारिस गरेको छ । कांग्रेसले यस क्षेत्रबाट महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलिप गच्छदारको नाम सिफारिस गरेको छ ।
मोरङ क्षेत्र नम्बर ५ बाट अमृत अर्याल, हसन अन्सारीको नाम सिफारिस भएको छ । नेकपा माओवादी केन्द्रले यसपटक पनि मण्डलको एकल नाम सिफारिस गरेको छ । एमालेले समाजिक अभियन्ता योगेन्द्र मण्डलसहित मनोज अग्रवाल र राधादेवी पासवानको नाम सिफारिस गरेको छ ।
मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसले यस क्षेत्रबाट शेखर कोइराला, डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम सिफारिस भएको छ । एमालेले लालबाबु पण्डितसँगै टिकाराम पुरीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रले हेमबहादुर कार्की, नविन पौडेल र शिवकुमार कार्कीको नाम सिफारिस गरेको छ ।


