विराटनगर : आगामी मंसिर ४ मा हुने प्रदेशसभा निर्वाचनका लागि झापा ५ (क) बाट प्रदेशसभामा नेकपा एमालेका हिक्मत कार्कीको नाम सिफारिस भएको छ ।

आइतबार झापा ५ को प्रदेश निर्वाचन (क) बाट नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कार्कीको नाम प्रदेशसभा सदस्यमा सिफारिस भएपछि उनलाई प्रदेशको भावी मुख्यमन्त्रीकोे रुपमा हेरिएको छ ।

प्रदेश क्षेत्रीय समितिले सो क्षेत्रबाट कार्कीसहित ७ जनाको नाम सिफारिस गरेको छ । कार्कीसहित मदन अधिकारी, अमर शिवाकोटी, शारदा पराजुली, योगराज दाहाल, गेहनाथ पौडेल, केदार ढुंगेलको सिफारिस गरिएको छ ।

यसअघि प्रदेशमा निर्वाचित भई कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।