सुन्दरहरैँचा l सुन्दरहरैंचा न.पा. १० मा रहेको पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि.को सोह्रो वार्षिक साधारण सभा विराटचोकको पानस पार्टी प्यालेमा २०७९ भदौ १८ गते शनिवार, भव्य रुपमा सम्पन्न भएको  छ।

305392545_596962558819479_1874453239500967171_n

पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि का सेयर सदस्य तथा बचतकर्ताहरुको बृहत सहभागिता रहेको उक्त सभामा संस्थाका अध्यक्ष श्री शिवलाल कटुवाको  सभा अध्यक्षतामा र           मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष श्री सोम प्र.निरौलाको प्रमुख आतिथ्यमा पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि. को सोह्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

उक्त सभामा  जेष्ठ सदस्य सम्मान तथा पुरस्कार , उत्कृष्ट छात्रवृत्ति पुरस्कार, असल ऋणी अनुशासन पुरस्कार , उत्कृष्ट बालबचत पुरस्कार समेत वितरण गरिएको थियो।

305275924_596963148819420_7529919733681018617_n

पत्रकार तथा बौद्धिक व्यक्तित्वहरुको समेत  उपस्थिति रहेको उक्त सभा संचालन सो सहकारी संस्थाका सचीव श्री डोलेश्वर तिमल्सिना ( नवीन ) ले गर्नु भएको थियो ।