इटहरी । कोशी भिजन फिल्मसको ब्यानरमा निर्माण गरिएको फिल्म अभियानको पहिलो प्रिमियर शो इटहरीमा गरिएको छ ।
किपटको कथामा आधारित लाखमान योञ्जनकोे लेखक, निर्देशक तथा निर्माण रहेको फिल्म अभियान प्रदेश नम्बर १का सामाजिक विकास मन्त्री राजन राईको प्रमुख आतिथ्यमा पहिलो प्रिमियर गरिएको हो ।
इलाइट सिनेमा हलमा प्रिमियर शो मा प्रदेश १ का सामाजिक विकास मन्त्री राई सहित प्रदेश सभा सदस्य सर्वध्वज सावा र आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राममान्डुप राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
शो अघिको औपचारिक कार्यक्रमको आयोजना गरी फिल्म निर्माणका सहयोगी तथा फिल्मका कलाकारहरूलाई सम्मानपत्र वितरण गरिएको थियो । प्रिमियर शो मा दर्शकहरुको उल्लेखिय सहभागिता रहेको थियो । ५५ लाख रुपैयाको लगानीमा निर्माण सम्पन्न गरिएको फिल्ममा स्व. जयनन्द लामाको अभियन रहेको छ ।
त्यसैगरी सो फिल्ममा अमर पाख्रीन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूले अभियन रहेको छ ।

