बिराटनगर \ महालक्ष्मी जीवन बिमाले आफ्नो चौथो बार्सिक उत्सब बिराटनगर ४ कन्चनबारी स्थिति शुभ पार्टी प्यालेसमा सम्पन्न गरेको छ।
''प्रत्येक नेपालिको घरघरमा पुगि सुखि नेपाली र समृद्ध नेपाल बनाउन का साथै बच्चाको सुनिश्चित भबिश्य,युवाको लक्ष्य प्राप्ति , बयस्कहरूको आर्थिक सुरक्षा, बृद्ध बृद्धाको लागी बुढेसकालको सारथि बन्ने'' उद्देश्य रहेको कार्यक्रमका सभापति बिराटनगर शाखा प्रमुख तथा उप-क्षेत्रीय प्रबन्धक हिरा निराैलाले बताए |

कार्यक्रममा उत्कृष्ट एजेन्सी मेनेजर हरु धिरेन्द्र यादव, सरोज पौडेल,समिर निरौला, संजिव अधिकारी,सुसिला मोदी,मनोज बस्नेत, बिरेन्द्र अर्याल लगायत लाई सम्मान गरिएको थियो ।
कम्पनीका वरिष्ठ सायक नायब माहाप्रन्धक प्रशान्त धमलाको प्रमुख अथित्यतामा सम्पन्न कार्यक्रममा दुहबी शाखा प्रमुख ईन्द्र बहादुर बस्नेत, हरिनगरा प्रमुख सन्जय शाह लगायत दक्षिण कोसी अन्तर्गत रहेर खोलिएका सम्पूर्ण साखा तथा उपशाखाहरुका १०० भन्दा बढी बिमा अभिकर्ताको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको एजेन्सी मेनेजर निलम ढुंगेलले बताईन ।

