इटहरी । सुनसरी इटहरीमा विगत तीन वर्ष देखि रमाइलो मेला सञ्चालन हुन नसकिरहेको समयमा यस वर्ष भने दशैं तिहारको अवसर पारेर रमाइलो मेला लगाइने भएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा रहेको जनता माध्यमिक विद्यालयमा हरेक वर्ष वनाइने दुर्गा पुजा स्थल नजिकै रमाइलो मेला सञ्चालन गर्ने तयारी गरिएको हो ।
इटहरी फुटवल क्लवको आयोजनामा चाडपर्वको अवसर पारेर असोज १० गते देखि रमाइलो मेला सञ्चालन गर्न लागिएको मेला सञ्चालक कपिल गुरुगंले जानकारी दिए ।
उनले विगत तीन वर्ष देखि इटहरीमा मेला सञ्चालन नभईरहेको अवस्थामा आफुहरुले मेला सञ्चालन गर्न लागेको समेत वताए ।
इटहरीमा विगत एक दशक अघि देखि सामुहिक दुर्गा पुजा स्थल वनाएर पुजा गर्ने गरिदै आएको छ । सोही ठाउँ नजिकै मेला आयोजना गरि दशैै तिहार जस्ता चाडपर्वको समयमा मेला आयोजना गरिन लागेको हो । दुर्गा पुजा स्थलमा आउनेहरुलाई लक्षित गरि मेला आयोजना गर्न लागिएको हो ।
इटहरीमा सामुहिक दुर्गा पुजा स्थलमा दशैको अवसरमा विशेष पुजाअर्चना फुलपाती भित्रयाउने लगायतका धार्मिक कार्यहरु गर्ने गरिन्छ ।
त्यसैलाई मध्यनजर गर्दै इटहरी क्षेत्रमा सरसफाईमा योगदान गर्दै आएको बुल्स इलेभेन क्लबले दुर्गा पुजा स्थल वनाउने क्रममा सो क्षेत्रको सरसफाई गरेको छ भने दुर्गा पुजा अवधिभर दैनिक सरसफाई गर्ने बुल्स इलेभेन क्लबका उपाध्यक्ष रामु राईले जानकारी दिए ।
दशैको अवसरमा इटहरीमा दुर्गा पुजा स्थल वनाई पुर्जा गर्न इटहरी तथा आसपासका क्षेत्रका मानिसहरु समेत आउने गरेका छन ।

