खोटाङ । निर्वाचन आयोगले खोटाङका मेयर र उपमेयरका १५ उम्मेदवारलाई साँढे चार लाखका दरले जरिवाना तोकेको छ । पटक-पटक सुचनामार्फत ताकेता गर्दा पनि निर्वाचन खर्च बुझाउन बेवास्ता गरेको भन्दै आयोगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका पाँच र हलेसी तुवाचुङका १० उम्मेदवारलाई जरिवाना गरेको हो ।
आयोगले निर्वाचन खर्च नबुझाएकामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा राप्रपाबाट मेयरमा उठेकी चन्द्रकुमारी राई, एमालेबाट मेयरमा उठेका कुमारप्रसाद आचार्य, राप्रपाबाट मेयरमा उठेका जीवनकुमार श्रेष्ठ, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा उठेका सुवास राई र एमालेबाट उपमेयरमा उठेका बिणादेबी राईलाई जरिवाना तोकेको छ ।


