सुन्दरहरैंचा । प्रदेश नम्बर १मा पहिलो पटक एक लाख पुरस्कार रासिको विराट खुल्ला अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लव सुन्दरहरैचाको आयोजनामा मोरगंको विराट चोकमा नेपाल ,भारत र वंगलादेशका वुद्धिचालका खेलाडिहरु विच प्रतिस्पर्धा आयोजना गरिएको हो ।

विराट चेस क्लवका अध्यक्ष देवेन्द्रकुमार काफ्लेको अध्यक्षता तथा सुन्दरहरैचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्यमा विराट चोकको पानस पार्टी प्यालेसमा प्रतियोगिता सुरु भएको हो । काठमाडौं उपत्यका पछि पहिलो पटक अन्तराष्ट्रिय स्तरका खेलाडीहरु समेतको सहभागितामा यति ठुलो पुरस्कार रासीको प्रतियोगिता पहिलो पटक हुन लागेका प्रतियोगिताका संयोजक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा एक सय २० जना खेलाडीहरुको सहभागिता हुने र विभिन्न विद्यामा ३५ जना खेलाडीलाई ४लाख ६० हजार वराबरको पुरस्कार तथा पदक दिने समेत संयोजक श्रेष्ठले वताए ।

प्रतियोगिता ९ राउण्डमा सञ्चालन गरिने र प्रमथ हुने खेलाडीलाई एक लाख रुपैया पुरस्कार दिईने प्रतियोगिताका चिफ ओरेवेटर भुपेन्द्र निरौलाले जानकारी दिए । उनले प्रतियोगितामा विभिन्न उमेर समुहका नेपाल ,भारत र वंगलादेशका खेलाडिहरुको सहभागिता रहेको समेत वताए ।


सुन्दरहरैचामा आयोजना गरिएको कार्यक्रममा आएका विदेशी तथा देशकै अतिथी खेलाडीहरुलाई सम्मान गर्न सुन्दरहरैचा नगरपालिका नगरप्रमुख केदारप्रसाद गुरागाईले आग्रह गरे । उनले प्रतियोगिता सफल भए विराट चेस क्लवको नाम जोडीएला तर प्रतियोगितामा कमीकम्जोरी भए नगरकै नाम जोडिएर नकारात्म संदेश जाने भएकाले राम्रो व्यवहार सहित प्रतियोगिता सफल वनाउनु पर्नेमा  नगरप्रमुख गुरागाईले जोड दिए ।


 प्रतियोगिता आगामी ८ गते सम्म सञ्चालन हुने छ ।