इटहरी : सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आफ्ना सदस्य तथा  एकाघर परिवारका अपाङ्ग, एकल महिला तथा ज्येष्ठ नागरिक सदस्यहरूलाई सम्मान गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत ३८८ सेयर सदस्यहरूलाई सम्मान गरेको हो । 
307102134_5439548709466921_6000845070553449070_n
सहकारीका लेखा समिति संयोजक निमेष घिमिरेका अनुसार सेयर सदस्य तथा बचतकर्ता प्रति संस्था जिम्मेवार छ भन्ने बुझाउन कार्यक्रम आयोजना गरिएको हो। असोज ६ गते बिहीबार इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्य कार्यक्रम सम्पन्न भएको घिमिरेले जानकारी दिए । 
306857440_5439549572800168_799239294274128129_n
सहकारीले सदस्यको घर परिवारका एकल महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका ३ सय ८८ जनालाई नगद र दोसल्ला सहित सम्मान गरेको घिमिरेले बताए ।
कार्यक्रममा नेफ्स्कून इटहरी फिल्ड कार्यालयका प्रमुख, सहकारी बैङ्क इटहरी शाखा प्रबन्धक, नागरिक समाजका अध्यक्ष, स्थानीय सहकारीकर्मी, स्थानीय जनप्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।
पछिल्लो समय सहकारीमा समस्या देखिन थालेको भ्रमबाट नडराउन बचतकर्ता र सेयर सदस्यलाई आग्रह गरिएको घिमिरेले प्रष्ट पारे ।
306963091_5439544896133969_8492967750113470966_n