इटहरी । प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।
आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका हुन् । उनले आफ्नो कार्यकक्षमा प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउँदै मन्त्री यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल –जिन्दावाद, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर माननीय प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर आजदेखि स्वास्थ्य मन्त्रालयमा स्थापित गरियो ।’


