काठमाडाैं । सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।सहज जीवनयापनका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएको थियो ।संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको कार्कीले बताए ।असोज ७ गते मन्त्रिपरिषद्को बैठक बसेको थियो ।