झापा । नेपाली कांग्रेस महामन्त्री बिश्व प्रकाश शर्माले सामाजिक संजाल मार्फत डेगुको पहिरो नजाओस भनेर स्टाटस लेख्दै भिडियो सन्देस मार्फत सतर्क रहन आवाहान गरे सगै उनको क्षेत्रमा डेगु सचेतना,सर्च एन्ड डिर्सोए , अर्लि डाइगोनोसिस र ट्रिटमेन्टको अवधारणामा कार्यक्रम शुरु भएको छ।
नेपाली कांग्रेस झापा क्षेत्र न १ क्षेत्रिय समितिको समन्वय र नेपाल स्वास्थ्यकर्मी संघ, तरुण दल, महिला सघ, नेबि संघका स्वयंसेवकहरुको सक्रियतामा कार्यक्रम भईरहेको छ। बरिष्ट डाक्टर सन्जिव शर्माको नेतृत्वमा आएको स्वंसेवक डाक्टरहरुको टोलि झापा क्षेत्र न १ को बिभिन्न क्षेत्रमा खटिएर सचेतना,डेगु पहिचानका लागि रगत परिक्षण र उपचार गरेको छ।
नेपाली कांग्रेसका केन्द्रिय महामन्त्रीले डेगु नियन्त्रणका लागि आफ्ना सुबेच्छुकहरुलाई समुदायमा खटेर सहयोग गर्न भिडियो सन्देश मार्फत आवाहान गरे सगै झापा क्षेत्र न १ का बुद्दशान्ति, बाहुनडांगी, ईटाभट्टा ,धुलाबारी ,चारआलि र चन्द्रगडीमा एकै दिन बृहत कार्यक्रम गरिएको हो ।
पहिले पहिले केहि जिल्लामा फाट्टफुट्ट मात्र देखिने गरेको डेगु रोग यसपाली नेपालका सबै जिल्लामा देखा परि सकेको छ । डेगु सम्बन्धि बिभिन्न सचेतना मुलक पर्चाहरु सहित सचेतना जगाउदै बिरामीको स्क्रिनिङ गर्ने ,रगत परिक्षण गर्ने , आवश्यक परे औषधि दिने र डेगु देखिएकालाई आवश्यक परे झुल समेत दिइने कार्यक्रमहरु रहेको बताइएको छ । १२ ,१३ र १४ गतेको अभियानको संयोजन नेपाली कांग्रेस क्षेत्र न १ क्षेत्रिय सभापति इन्द्र बुढाथोकीले गरिरहेका छन्।
बुद्दशान्तिका क्षेत्र न १ अन्तर्गत पर्ने बुद्दशान्तिको ४,५,६ र ७ का वडाका नागरिक केन्द्रित गरी बुद्दशान्ति ४ को सट्टाभर्ना खानेपानी हल परिसरमा सम्पन्न गरिएको छ । धरान घोपा क्याम्पबाट डा सन्जिब शर्मा नेतृत्वको आएको डाक्टर नर्स तथा प्रयोगशाला प्रविधिकको टोलिले एकै समयमा तिन स्थानमा केन्द्र राखेर बिहान बुद्दशान्ति, बाहुनडागी र इटाभट्टा तथा अपरान्ह चन्द्रगडी, चारआली र जमयामिरगढिमा परिक्षण तथा उपाचार शिविर राखेको हो।
सबै केन्द्र गरेर कुल २५० बढिले परामर्श तथा सेवा लिएको यो अभियान डेगु महामारी लक्षित भएकाले स्थापना गरिएको हेल्थ डेस्कमा उपस्थित हुन नसक्ने लाई घरमै टोलि पुगेर परिक्षण गरेको थियो। पहिलो दिन स्वस्थ्य प्राबिधिकले सेवा दिएको कार्यक्रम सगै अर्को चरणमा विपन्न डेगु रोगीलाइ झुल बितरण गरि आइसोलेटेड गर्ने ,आवश्यक औषधि बितरण गर्ने , मुख्य केरियर लामखुट्टे नै भएकोले यसको नियन्त्रण गर्न औषधि स्प्रे गर्ने ,फोमिङ गर्ने तथा लार्भा सर्च एन्ड डिस्ट्रोए लाई निरन्तरता दिने रहेको छ।
स्वस्थ्यलाई प्राथमिकतामा राखेर केहि न केहि कार्यक्रमको अवधारणा बनाउने महामन्त्री शर्मा आफ्ना संगठनका स्वसेवक तथा स्वास्थ्य प्राविधिक मार्फत बिगतमा पनि प्रत्येक वडामा विशेषज्ञ सेवा सहित पुग्ने गरेका थिए। १०० भन्दा बढी भिआइए टेस्ट शिबिर, कोभिडसंगै नन कोभिडलाई सघाऔं अभियान, एउटै नेटवर्कमा राखेर गरिएको भिडियो कन्फरेन्स मार्फतको उपचार सेवा, मुटु तथा मृगौला शिविर, २० हजार बढीले सेवा लिएको प्रथम राष्ट्यि स्वास्थ्य महोत्सव, उनको स्वस्थ्य टिमले गर्ने निशुल्क औषधि बितरण तथा निशुल्क उपचार सेवा उनको क्षेत्रमा मात्र नभएर देशभर नै लोकप्रिय रहेको स्थानीयको भनाई छ ।

